२ भारतीय नागरिक बागमती खोलामा बेपत्ता

चन्द्रपुर । रौतहटमा बागमती खोलाले बगाएर दुइ जना भारतीय बेपत्ता भएका छ्न । चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिबार वाग्मती नदीमा बेपत्ता भएका हुन । उनीहरूसँगै नदीमा परेका एक जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सन्तु जैयसवारले जानकरी दिए । भारतको जिल्ला सीतामडि कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय स्थल नुनथर घुम्न आएका थिए। नुनथर क्षेत्र घुमेपछि वाग्मती नदीमा पौडी खेल्न गएका तीनै जनालाई नदीले बगाएपछि दुई जना बेपत्ता भएका हुन् । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट डीएसपी सन्तु जैसवारको नेतृत्वमा ७ जनाको टोली खोजी कार्यमा जुटेको डिएसपी जैयसवारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles