लुम्बिनी बिकास बैंकद्वारा आँखा उपचार केन्द्रलाई सहयोग

चन्द्रपुर । लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाले १५ औं बार्षिक उत्सव को अवसर पारेर चन्द्रनिगाह्पुर मा अवस्थित चन्द्रपुर आँखा उपचार केन्द्र लाई बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रम का बिच बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी ले केन्द्रका प्रमुख रियाजुद्दिन रैन लाई सहयोग सामग्री ह्स्तान्तरण गर्नु भयो ।

सो कार्यक्रम मा गौर आँखा अस्पताल का प्रतिनिधि तथा बैंक चन्द्रपुर शाखा प्रमुख सुबोध कोइराला ,पत्रकार प्रतिनिधि लगयत सेवा ग्राही को उपस्थिति थियो । आँखा उपचार गर्न आउने बिरामी को लागि बस्ने बेन्च तथा सेवाग्राही को लागि गर्मी को मौसम मा चिसो तथा जाडो मौसम मा तातो पानी पिउन को लागी वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको कुरा शाखा प्रमुख कोइराला ले जानकारी दिनु भयो। बैंक ले समय समय मा सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यस पटक बार्षिकोत्सव को अवसर पारेर सहयोग सामग्री हस्तान्तरण गरेको हो । बिगत मा बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा आउने पहिलो सेवाग्राही तथा एक जना बृद्धालाई खादा ओढाएर सम्मान गर्दै आएको मा यश पटक अलग तरिका ले आफ्नो वार्षिकोत्सब मनाएको छ । आउने दिन मा पनि जनता सङ प्रत्यक्ष सरोकार हुने संघ संस्था सङ हातेमालो गरेर सामाजिक सेवा गर्न बैंक सदैब लागि पर्ने कुरा बैंक का प्रदेश प्रमुख गिरी ले बताउनु भयो ।
सो बैंकले बिगत लामो समय देखि चन्द्रपुर आसपासका जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंक ले हाल मुद्दती खाता मा १२प्रतिशत मासिक ब्याज तथा बचत खातामा ९ प्रतिशत मासिक ब्याज दिदै आएको कुरा शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।
उनले,बालबालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंकले बालबालिकाको खातामा रु ५०० हाल्ने योजना ल्याएको बताए ।
बैंक ले एटीएम कार्ड सेवा एवं मोबाइल बैंकिङ सेवामानै कनेक्ट आइपिएस सेवा रहेको ले घरै बाट नगद रहित कारोवार गर्न सकिने कुरा शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles