संकल्प साकोसले मनायो १५ औं स्थापना दिवस: उत्कृष्ट कर्मचारी सम्मान ऋण अधिकृत युवराज पौडेललाई

चन्द्रपुर । संकल्प साकोस चन्द्रपुर रौतहट को १५ औ स्थापनाको दिवसको अवसर यस साकोसले बिभिन्न शिर्षकमा सम्मान गरेको छ ।
साकोसको ८ वटा भन्दा बढि उपसमितिहरु मध्य सबै भन्दा राम्रो कार्य गरेको भन्दै उच्च मुल्याकन गर्दै उत्कृष्ट उपसमितिको सम्मान ऋण उपसमितिलाई दिइएको छ ।उत्कृष्ट कर्मचारी सम्मान ऋण अधिकृत युवराज पौडेललाई प्रदान गरिएको संस्थाका अध्यक्ष बिभु पोख्रेलले जानकारी दिनुभयो ।
स्थापना दिवसको अवसरमा शेयर सदस्य,सन्चालक समिति,लेखा समिति,विभिन्न उप समिति,कर्मचारी तथा विभिन्न ठाउ बाट संस्थालाई यहाँ सम्म ल्याइपुर्याउन महत्वपुर्ण भुमिका खेल्नुहुने सहयोगीहरुमा सस्थाका अध्यक्ष बिभु पोखरेलले शुभ कामना तथा धन्यवाद व्यक्त गरेका छन ।
कार्यक्रममा संघिय सासद देव प्रसाद तिमलसिना,प्रदेश सासद युवराज भट्टराइ, जनप्रतिनिधिहरु, सहकारी अभियान्ता तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles