चन्द्रपुर । चन्द्रपुर नगरपालिका अन्तर्गतका १० वटै वडामा न्यानो सिरक लगाएतका सामाग्री बितरण गर्न लागिएको छ । ८० वर्ष भन्दा माथि उमेरका बृद्धबृद्धा लाई सिरक ,टोपी,झुल बितरण गर्न सुरु गरिएको नगर प्रमुख संजय काफ्लेले जानकारी दिए ।
नगरभरीका ७ सय बृद्धबृद्धा हरुलाइ न्यानो सिरक,झुल टोपि वितरण गर्न लागिएको नगरप्रमुख काफ्लेले जानकारी दिए ।
छनौटमा परेकाहरुले उमेर खुल्ने आ आफ्नो परिचय पत्र लिइ वडा कार्यलयमा सम्पर्क गर्न नगरप्रमुख काफ्लेले आग्रह गरेका छन । यसै बिच चन्द्रपुर ८ ले ८० बर्ष पुगेका बृद्धबृद्धाहरुलाइ कपडा ,झुल बितरण शुरु गरिसकेको छ ।
नगरकार्यपालिकाको कार्यालय चन्द्रपुरको सहयोगमा चन्द्रपुर नगर भित्र रहेका ८० वर्ष पुरा भएका सम्पुर्ण बृद्धबृद्धा लाइ सिरक, टोपी र झुल वितरण गर्ने योजना ल्याएको छ ।
८० वर्ष पुरा भएका बृद्धवृद्धाहरुलाई कागजात लिई वडा कार्यालयमा उपस्थित हुन नगर प्रमुख काफ्लेले आग्रह गरेका छन ।


