चन्द्रपुर। चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले ४ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित श्री दलित जन जागरण निम्म माध्यामिक बिद्यालयको परिसरमा नया भवन निमार्ण कार्यको शिलान्यास गरेका हुन् । बिद्यालयमा भएको कक्षा कोठाको अभावले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या अब हट्ने मेयर काफ्लेले बताए। विद्यालयलाई चाहिने आवश्यक स्रोत तथा साधानको व्यवस्थापन हुने उनले बताए।
विद्यालयलाई नमुना बिद्यालयको रुपमा शैक्षिक गुणस्तरलाई टेवा पुग्ने हरेक खालको पूर्वाधार बनाउन नगरपालिका तत्पर रहने उनले बताए।
नगरपालिकामै विपन्न रहेको सो जिर्ण बिद्यालय भवनमा बर्षौ देखि कठिन परिस्थितीमा पठनपाठन हुदै आएको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्र्तगत सो जिर्ण बिद्यालय परिसरमा नया ४ कोठे भवन निमार्ण हुन लागेको चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन् । ४५ लाखको लागतमा निमार्ण हुन लागेको सो भवन आ.व २०७९–०८० असार मसान्त सम्म निमार्ण कार्य सम्पन्न हुने शिक्षा शाखा प्रमुख सिग्देले जानकारी दिए। कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी नगर उप–प्रमुख जयमाला चौधरी लगायत विद्यालयका सम्पुर्ण शिक्षक,शिक्षिका,अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिती थियो ।