जग्गा सम्बन्धि विवादमा चल्यो गोलि,एक जनाको गयो ज्यान

रौतहट ।जग्गा सम्बन्धि बिवाद हुँदा रौतहटमा एक जनाको ज्यान गएको छ । जिल्लाको गढीमाई नगरपालिकामा–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको हो । गोली कसले चलायो भन्ने हालसम्म खुलेको छैन ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles