गुजरामा एनआईसीको एटीएम सेवा सुरु

गुजरा । रौतहटको गुजरा नगरपालिकामा एनआईसी एशिया बैकंले एटिएम सेवा शुरु गरेको छ । नगरपालिकाको सिमराभवानिपुरमा रहेको बैंकको शाखाले आफ्ना ग्राहकहरुलाई सुबिधालाई ध्यानमा राख्दै बैंकले एटिएम सेवा सुरु गरेको हो । बिहिवार देखी एटिएमको सेवा सुचारु भए संगै सो क्षेत्रका ग्राहकहरुलाई चन्द्रपुर तथा गरुडा जाने बाध्यता हटेको छ ।
ग्रामीण भेगमा एटीएम सेवा सुचारु भए लगतै स्थानिय सेवा ग्राहीहरुको पैसा निकाल्न बाहिर जानुपर्ने बाध्यता हटेको स्थानिय राजेश गुप्ताले खुसी ब्यक्त गरे । जनताको बैंकिङ आवश्यक्ता पूरा गर्नु नै आफुहरुको मुख्य उदेश्य रहेको शाखाका प्रमुख सुबोध यादबले बताए । उनले यस शाखाले गरिवभन्दा गरिव किसानको जीवनस्तर उकास्नमा बैंकले पनि त्यतिकै मद्दत पुर्याएको बताए । बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदै आएको तथा आगामी दिनमा बिभिन्न सेवाहरु प्रदान गर्ने प्रमुख यादबले बताए । बैंक मार्फत आधुनिक प्रविधि सहित छिटो छरितो तथा बिश्वासनीय सेवा प्रदान गराउन गुजरा शाखा लागीपरेको उनको भनाई छ । एनआईसी बैंकले देशभर ३५९ शाखा,१०३ एक्स्टेशन काउन्टर र ४७३ एटिएम राखेर सेवा दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles