बिपीको ४१औं स्मृतिमा वृक्षारोपण

चन्द्रपुर । जन नायक बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शनिबार वृक्षारोपण गरेको छ । चन्द्रपुर नगरपालिका वडा न ४ स्थित टेकान टोलमा रहेको बिपी बन वाटिका वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको छ ।

नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेश सभा पूर्व सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा ने वि संघ पूर्व केन्द्रीय सदस्य सूर्य बहादुर थापा, जिल्ला कमिटी अध्यक्ष अधिकार लामिछाने, नेपाली कांग्रेस चन्द्रपुर सल्लाहकार समिति सदस्य विष्णु खतिवडा, महासमिति सदस्य देवराज कार्की, १४ औं महाधिवेशन प्रतिनिधि केदार थापा, सञ्जय कार्की, सुबाश कोइराला, तारा सापकोटा महिला नेतृ लक्ष्मी बराल, तरुण दलका काबा अध्यक्ष शोभित सिलवाल, स्ववियु सभापति संगम श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र तरुण दल तथा नेपाल विद्यार्थी संघका विद्यार्थी नेता एबम् पार्टीमा आस्थावान शुभेच्छुकहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles