भाद्र ११ मा चन्द्रपुरमा गाइजात्रा

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा गाइजात्रा कार्यक्रम हुने भएको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा गाईजात्रा प्रहसन कार्यक्रम सञ्चालन हुने भएको हो । चन्द्रपुर ४ स्थित होटल अशोकामा ८० सालको गाईजात्रा नामक प्रहसन कार्यक्रम सञ्चालनको तयारी गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।

हास्य व्यंग्य, प्रहसन लगायतका मनोरन्जनात्मक कार्यक्रमको स्वाद लिन नपाएको लामो समय गुजारेका यस क्षेत्रका स्थानीयलाई भरपूर मनोरञ्जन गराउन नगर उद्योग वाणिज्य संघले कार्यक्रम गर्न लागेको अध्यक्ष सापकोटाले बताए । संघको आयोजनामा हुन लागेको गाईजात्रा विशेष कार्यक्रममा दर्शकहरुलाई समसामयिक विषयमा हुने प्रहसन गाईजात्रा विशेष कार्यक्रम मार्फत काउकुती लगाउन आगामी भदौ ११ गरेको दिन गाईजात्रा विशेष कार्यक्रमको मिति तय गरिएको अध्यक्ष सापकोटाले बताए । भनाइ कार्यक्रममा हास्य व्यंग्यकारको रूपमा ख्याति कमाएका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ।
उक्त कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा,टीका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेकसम गोडैल, सुन्दर खनाल, प्रभात लामा, सीता न्यौपाने लगायतका कलाकारहरुको बेजोड अभिनय रहने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles