गरुडामा फर्निचर पसलमा आगलागि,करोडौंको क्षती

गरुडा । रौतहटको गरुडा बजार स्थित एक फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू जलेर नस्ट भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्। बिहीबार बिहान दुई बजेतिर आगो लागेको थाहा पाएपछी आगलागी नियन्त्रण गर्न तत्काल नेपाल प्रहरीका जवान परिचालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । दुई ओटा दमकलको सहयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिन सफल भएको डिएसपी खनालले बताए ।
विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको डिएसपी खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles