रौतहट । मधेश प्रदेशमा चाडबाडको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान चन्द्रनिगाहपुरबाट सुरु
रौतहट । मधेश प्रदेशमा चाडबाडको बेला हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम बिहिबार देखी सुरु गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले रौतहटको चन्द्रनिगाहपुरबाट चेतना मुलक स्टिकर तथा पर्चा बाँडेर सचेतना मुलक कार्यक्रमको सुरुवात गरेका हुन । जिल्लाको चन्द्रनिगाहपुरमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट सुरुवात भएको चेतना मुलक कार्यक्रम मधेश प्रदेशका आठै जिल्लामा संचालन हुने प्रहरी उपरीक्षक भट्टराईले बताए ।
बिहिबारबाट मधेश प्रदेशमा ट्राफिक प्रहरीले चाडवाडका बेला हुने सवारी दुर्घटना ,बढी भाडा असुल्ने ,तिब्र गतिमा सवारी चलाउने तथा सवारी चलाउँदा मोवाईनफोन प्रयोग गर्नेलाई लक्षित गरि स्टिकर तथा पम्पेलेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।
सवारी साधानको छतमा बसेर यात्रा नगर्न ,फुटपाथ भएको सडकमा फुटपाथबाट मात्र हिडन अनुरोध गर्दै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्न निरीक्षक आचार्यले आग्रह समेत गरेका छ्न ।


