मेटल स्टोर प्रा.लीको दोस्रो शाखा चन्द्रनिगाहपुरमा

चन्द्रपुर । पर्साको आदर्शनगरमा मुख्य कार्यलय रहेको मेटल स्टोर प्रा.लीले आफ्नो दोस्रो शाखा बिस्तार गरेका छन । हिन्दूहरुको महान पर्व दशैको अवसर पारेर प्रालीले आफ्नो दोस्रो शाखा चन्द्रपुरमा बिस्तार गरेको हो । सो शाखाको शुक्रबार रौतहट क्षेत्र न.४ का सांसद देव प्रसाद तिमल्सिना र प्रदेश सांसद युवराज भट्टराई समिरले संयुक्त रुपमा रिवन काटेर
उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा वोल्दै सांसद तिमल्सिनाले ग्राहकहरुको माग र सुबिधालाई मध्यनजर गर्दै चन्द्रपुरमा मेटल स्टोर प्रा.लीले एकै छानामुनी सबै सेवा सुबिधा प्रदान गरेकोमा खुशी ब्यक्त गरे । २ करोड भन्दा बढीको लगानीमा संचालनमा आएको प्रा.लीले घर बनाउन चाहिने सम्पुर्ण सामाग्री सस्तो र सुलभमा उपलब्ध गराउने उदेश्यले शाखा विस्तार गरिएको प्रा.लीका संचालक भरिपुर्ण नेपालले बताए । ग्राहकले अव घर बनाउदा धेरै ठाउँ भौतारिने नपर्ने गरी निर्माणका सम्पुर्ण समान एकैठाउ बाट उपलब्ध हुने ब्यवस्था गरेको उनको भनाई । स्टोर प्रा.लीको पहिलो शाखा भने हेटौंडाको पारिजातपथ रोडमा रहेको छ । कार्यक्रममा निर्माण ब्यवसायी संघ रौतहटका अध्यक्ष कृष्ण देव यादव,पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी,नेपाली काङ्ग्रेसका नगरकमिटी अध्यक्ष मुकेश गिरी,पत्रकार डिल्ली बहादुर कार्की,सागर हुमागाई,प्रीमेश शिवाकोटी लगायतका उपस्थिती रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg