चन्द्रपुर । नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नम्बर ४ ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

क्षेत्र नम्बर ४ का माननीय देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा २०८० सालको विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम चन्द्रपुर ६ जिपि पार्क, डावरीमा आयोजना गरिएको थियो ।

कार्यक्रममा क्षेत्र नम्बर ४ भरीका काङ्ग्रेसका नेता,कार्यकर्ता र जनप्रतिनिधीहरुको उत्साहजनक उपस्थिती रहेको चन्द्रपुरका नगर सभापती मुकेश गिरीले जानकारी दिए ।



