रौतहट। जिल्लाको इशनाथ नगरपालिकामा झडप भएको छ । नालाको पानी निकास गर्ने बिषयमा दुइपक्ष बिच भएको बिवाद पछि झडप भएको छ ।
इशनाथ नपा वडा नं ७ जोकहा टोल स्थित नालाको पानी निकासीको बिषयमा दुई पक्ष बिच झडप भएको हो । झडपमा लाठी, फाटा र घरेलु हतियार प्रयोग भएका भिडियो सार्वजनीक भएका छन ।
ईशनाथ नपा वडा नं ७ जोकहा टोल का शिवम मंगल साहले नालाको पानी निकास गर्ने बारे छलफलमै कार्यवाहक वडाअध्यक्ष बिरलाल साहकै अगाडि लाठी, फाटा र घरेलु हतियार प्रहार गर्दै कुटपिट गरेकाे गुनासो पिडितहरुले गरेका छन ।
पीडित पक्षले न्यायको लागि पटकपटक जिल्ला प्रहरी कार्यालय गौरमा जादा न मुद्दा दर्ता भएको छ न दोषी पक्राउ परेको छ उनीहरुको गुनासो छ ।
यो घटना मंसिर ५ गतेको हो प्रहरी र जनप्रतिनिधिको भनाई छ तपाई हरु गाउँमै छलफल गरि मिलाउनुस मुद्दा दर्ता गर्न मिल्दैन भनेर पठाउने गरेको पीडितले बताएका छन् ।
पीडितहरु न्यायको खोजी दिनहुँ जिल्ला प्रहरी कार्यालयमा धाउदै आएका छन ।