अन्तत:बृन्दावनमा रन्जय पटेल हाजीर

बृन्दावन । राजनीतिक खिचातानीका कारण प्रमुख प्रशासकीय अधिकृतबिहिन रहेको बृन्दावनमा नयाँ प्रशासकीय पाएको छ । प्रशासकीय अधिकृतका रुपमा रन्जय पटेललले विहिबार कार्यालयमा हाजिर भएपछी पालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय पद्ले पुर्णता पाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि पटेल कार्यालयमा हाजिर भएका हुन् । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरीएको छ । अधिकृतलाई हाजिर गराउँदा नगरपालिकाका उपलब्ध कार्यपालिका सदस्यहरू सबै उपस्थित सो कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रमुख प्रशासकीय अधिकृत पटेल कार्यालयमा हाजिर भएसंगै रोकिएका सेवाहरु प्रवाह गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काममा समस्या आएको उल्लेख गर्दै कुर्मीले अव जनताको काम नरोकिने बताए । लामो समयदेखी प्रमुख प्रशासकीय अधिकृत नहुँदा सो पालिकाका आर्थिक सम्बन्धि सम्पूर्ण कामकाज ठप्प भएको थियो । वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका  रन्जय पटेलले नगरपालिकाको विकासका लागि आफनो सहयोग रहने बताए । विकासका काममा जनप्रतिधिसंग समन्वय गरेर अघि बढ्ने अधिकृत पटेलको भनाई छ । उनका अनुसार वृन्दावनको विकास तथा योजनाका काममा आफनो अवरोध नरहने र नियामनुसार काम हुने समेत उनले स्प्रष्ट पारे । कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै किसिमको समस्या नहुने बताउँदै उहाँले सवैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको औल्याउनुभयो । वृन्दवन नगरपालिकाले लिएको योजना र लक्ष्यलाई आफनो तर्फबाट हुने सहयोगमा कमी नगर्ने  बताए। प्रमुख प्रशासकीय अधिकृत पटेलले सबै पक्षलाई एक ढिक्का बनाएर नगरपालिकाको विकासमा अघि बढ्ने बताउँदै उनी नगरपालिकालाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालन आएको बताए । अधिकृत पटेल राजदेवी नगरपालिका–५ पताही बासी हुन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg