मधेस प्रदेशबाट गठबधंनका साझा उम्मेदवार बिजयी

149

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेश बाट गठबधंनका साझा उम्मेदवार आनन्द प्रसाद  ढुंगाना र पुजा चौधरी बिजयी हुनु भएको छ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार  ढुंगाना र जसपाका  चौधरी विजयी हुनुभएको हो । मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९।०७ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९।७३ प्रतिशत मतदान भएको छ ।