“समुदायमा नेपाली काँग्रेस” अभियानको केन्द्रीय सदस्य शिवाकोटीद्वारा औपचारिक रुपमा सुरुवात

गौर । नागरिकको कुरा सुन्न “समुदायमा नेपाली काङ्ग्रेस” अभियानको औपचारिक रुपमा सुरुवात भएको छ । रौतहट प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबू शिवाकोटीले आज गौरमा अभियानको बारेमा जानकारी दिएपछी अभियानको सुरुवात भएको हो ।

भोलि देखि २६ गतेसम्म हुने कार्यक्रमको बारेमा जिल्लाका १८ वटै पालिकाका पार्टी सभापती,प्रतिनिधिलाई गौर स्थित पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा अभियानको उदेस्य,गर्नुपर्ने कामको बारेमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य शिवाकोटीले नेपाली काँग्रेस भोली देखि रौतहटको १५७ वटै वडामा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्का संगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु पनि सुनेर टिपोर्टहरु संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्नु पर्ने पार्टीको निर्देशन रहेको बताए ।

वडामा रहेका नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, पप्राध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ आफना दायित्वलाई निर्वाह गर्न उनले निर्देशन दिए ।
नेपाली काँग्रेस जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिल यादवको सभापतित्वमा सम्पन्न जिल्ला स्तरिय कार्यक्रममा मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइराला,पार्टीका जिल्ला स्तरिय नेता,कार्यकर्ता,जनप्रतिनिधि र पार्टीका भातृ,सुभेच्छुक संस्थाका जिल्ला सभापतिहरुको उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles