चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको १२ औं हिउदे नगर सभा सम्पन्न भएको छ । सनिबार सभाको उदघाटन गर्दै प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिएका छ्न ।
निर्माण सम्पन्न भएपछि भुक्तानी हुने गरी जप्रतिनिधिहरुले बजेटको आकार बनाउन आग्रह समेत गरे । सुरक्षित आबासका काम सम्पन्न नभई भुक्तानी नगर्न प्रतिनिधि सभा सदस्य तिमल्सिनाले आग्रह गर्दै नागरिकको सेबकको रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।
सभामा १ अर्ब ४९ करोड ४७ लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश भएको छ । सभाले योजना कार्यक्रम बजेट अनि कानुन पारित गरेको छ । सभाका अध्यक्ष नगरप्रमुख संजय काफलेले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गईरहेको बताए । पालिकाकी
उपप्रमुख जयमाला चौधरीले नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताईन ।