इशनाथको ६ वटै वडामा कर्फ्यु लागु

गौर । रौतहटको इशनाथ नगरपालिकाको थप वडामा कर्फ्यु आदेश जारी भएको छ । नगरको वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यु लगाइएको छ। यसअघि ६ र ७ नम्बर वडामा कर्फ्यु लगाईएको थियो । शनिबार इशनाथ-७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो। दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
पूर्वमा बन्जरहा मोड, पश्चिममा सानो घिउरा गाउँ, उत्तरमा रामपुरखाप एपिएफ बिओपी देखि दक्षिण जमिल अख्तरको बोरिङ सम्म र दक्षिणमा एपिएफ बिओपी औरियादेखि जयनगरसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ ।