आफ्नो जमिनमा कालोपत्रे सडक परेको भन्दै सडकनै बन्द

गुजरा। कालोपत्रे सडक आफ्नो जमिनमा परेको भन्दै गुजरा नगरपालिकामा बाटोनै बन्द गरिएको छ । गुजराको ५ नम्बर वडास्थित इश्लामपुर चौक देखि उत्तरतिर जाने कालोपत्रे सडक स्थानीय शेख हारुनले बन्द गरेका हुन । बर्षाै पुरानो र फराकिलो रहेको सो बाटो हाल आएर कालोपत्रे भएसंगै बाटोसंग जमिन भएका हारुनले घेराबेरा लागएपछी बिबाद हुँदा सो बाटो अझै बन्द रहेको छ । बाटो बन्द हुदा हरिहरपुर, पैनी टोल, कटानी जान आउन सर्बसधारणलाई सास्ती भोग्नुपरेको स्थानीय स्वयब दर्जीले बताए । ८० साल पुरानो बाटो सबैले प्रयोग गर्दै आएको बताउंदै दर्जीले समाजको निर्णय समेत हारुनले नमानेर बाटो बन्द गराएको बताए ।

वडाध्यक्ष शेख जमालुदिनले पटकपटक बिवाद भएपछि छलफल भएको र १६ फिट पुर्व,१६ फिट पश्चिमको जग्गा छाडेर बाटो खोल्ने सहमती उपमेयर सहितको छलफलमा भएको भएपनि जग्गा आफ्नै हो भनेर हारुनले जबर्जस्ती बाटो बन्द गराएको बताए ।

वडाध्यक्ष शेख जमालुदिनले पटकपटक बिवाद भएपछि छलफल भएको र १६ फिट पुर्व,१६ फिट पश्चिमको जग्गा छाडेर बाटो खोल्ने सहमती उपमेयर सहितको छलफलमा भएको भएपनि जग्गा आफ्नै हो भनेर हारुनले जबर्जस्ती बाटो बन्द गराएको बताए ।

हारुनको जग्गा कि.न. ३७० को पुर्जामा १ कठा ९ धुर भएपनि नक्सामा १ कठा १६ धुर रहेको भन्दै हारुन यसअघि अदालत समेत गएका थिए । उनले हालेको मुद्दामा अदालतले २०८० असोज १५ गते उनको जग्गा १ कठा ९ धुरनै भएको र सो जग्गामा बाटो नखुलाउन आदेश दिएको थियो ।
अदालतको सो आदेश अनुसार उनले बढी जग्गा भोग गरेर सबै आफ्नै जग्गा हो भन्दै बिवाद गरिरहेको वडाध्यक्ष जमालुदिनको भनाई छ ।

जग्गाधनी हारुन भने बाटो आफ्नै जग्गामा बनेको दाबी गर्दै बाटो नखोल्ने अडानमा रहेका कारण भने स्थानीय बाटो खुलाउनेतर्फ लागेका कारण सो स्थानको अवस्था सामान्यबाट असामान्य बन्ने हो कि भनेर वडाध्यक्ष जमालुदिन चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles