गुजरा । गुजरा नगरपालिकामा ५औं नगरस्तरीय क्रिकेट प्रतीयोगिता सुरु भएको छ । सोमबार नगरप्रमुख सन्तलाल चौधरीले प्रतियोगिताको बिधिबत रुपमा उद्घाटन गर्दै टि २० नकआउट प्रतियोगिताको सुरुवात भएको आयोजकले जनाएको छ । वडा नम्बर ५ स्थित गुजरा क्षेत्रीय खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले खेल क्षेत्रलाई अगाडी बढाउन पालिकाको सहयोग सधै रहने बताए ।

खेलाडीहरुलाई रास्टृयस्तरमा पुर्याउन सधै कार्यक्रम र बजेट बिनियोजन गर्ने वाचा समेत गरेका छ्न । उद्घाटन खेलमा एमसिसि पुर्नी मनहर्वा टिम बिजयी भएको छ । पल्टुवाको टिमलाई पुर्नि मनहर्वाले १६४ रनको लक्ष्य दिएकोमा पल्टुवाले जम्मा ९४ रन बनाएको थियो । पुर्निमनहर्वा टिम ६९ रनले बिजयी भएको आयोजकले जानकारी दिए ।