गोली प्रहार गरि लुटपाट,३ भारतीय पक्राउ


रौतहट । जिल्लाको परोहा नगरपालिका ९ रामपुर खापचोकस्थित सिवम मनी ट्रान्सर्फमरमा लुटपाट घएको छ । शुक्रबार दिउँसो भएको घट्नामा गोली लागेर मनी ट्रान्सफरमा सन्चालक नितेश साह घाइते भएका छ्न ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटकि प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।
लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको र उनिहरुको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको डिएस्पी गिरीले बताईन । घाइते साहलाई थप उपचारका लागि बिरगंज रिफर गरिएको समेत गिरीले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles