सशस्त्र प्ररीको गोदाममा पुगे गृहमन्त्री लामिछाने, बस्ती र नागरिकको सुरक्षाबारे देखाए चासो


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आगलागी भएको सशस्त्र प्रहरीको केन्द्रिय गोदाममा पुगेका छन् । सो क्रममा उनले आसपासका बस्ती तथा नागरिकको सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।

गृहमन्त्री लामिछानेले आगलागीबारे जाँच गर्न समिति गठन गर्न सुझाव दिएका छन् । एआईजीको संयोजकत्वमा समिति बनाएर जाँच थालिसकेको सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्यालले गृहमन्त्री लामिछानेलाई जानकारी गराए ।

त्यस्तै महानिरिक्षक अर्यालले गृहमन्त्रीलाई दिएको प्ररम्भिक जाकारीमा विद्युत सर्ट भएर आगो लागेको बताएका छन् । आगो नियन्त्रणका लागि ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको अर्यालको भनाई छ । उक्त स्टोर बस्ती बीचमा रहेपनि आसपासका घर सुरक्षित रहेको महानिरिक्षक अर्यालले बताएका छन् । सिधाकुराबाट साभार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles