मण्डलको आर्थिक चलखेलका कारण रोकियो कक्षा ८ को परिक्षाफल

चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी बिधालयहरुमा कक्षा ८ को परिक्षा दिने बिद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ । आर्थिक लाभलिने नियत राख्ने चन्द्रपुर नगर संयोजक दिपेन्द्र मण्डलका कारण नगरस्तरीय परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षाफल प्रकाशित नहुदा बिद्यार्थीहरुमा अन्योलता छाएको छ । नगरका ४६ सामुदायिक बिद्यालय र १५ निजी बिद्यालयका करिब १५ सय बिद्यार्थीको भविश्यमाथी कमिसनकै चक्करमा खेलवाड भएको आरोप अभिभावकहरुको छ । १५ सय बिद्यार्थीको उत्तरपुस्तिका चेकजाँच गर्न अघिल्लो साल नि:शुल्क गरेको चन्द्रपुर नगरपालिकाले यो साल उत्तरपुस्तिका चेकजाच गर्न पालिकाले भत्ता समेत बितरण गरिसकेको छ ।
पालिकाले एक उत्तरपुस्तिका चेकजाच गरेबापत १५ रुपैयाँको दरले भुक्तानी गरेको छ ।
जसअनुसार १५ सय बिद्यार्थीको ७ बिषयको उत्तरपुस्तिका चेकजाँच गर्दा १० ह्जार ५ सय उत्तरपुस्तिका चेकजाचको नाममा १ लाख ५७ हजार ५ सय रुपैयाँ भत्ता समेत बाडेको छ । तर,चन्द्रपुर नगरपालिका अन्तर्गतका सामुदायिक र निजी बिद्यालयमा कक्षा ८को परिक्षा दिएका बिद्यार्थीहरु कक्षा ९ को पुस्तक किन्ने कि नकिन्ने द्विबिधामा रहेको अभिभावक बिमल उप्रेती बताउँछन ।
बिद्यालय निरीक्षक मण्डलले केही निजी बिद्यालयसङ फेल भएका बिद्यार्थीलाई पास गरे बापत रकम मागेका कारण परिक्षाफल प्रकाशन नगरेको नाम उल्लेख नगर्ने सर्तमा एक निजि बिद्यालय संचालकले बताए । आफ्नो काम कर्तब्य पूरा नगरि आर्थिक लाभ लिएर फेललाई पास,पासलाई फेल बनाउने चलखेलमा लागेका शिक्षा संयोजक मण्डलले बिद्यार्थीको भबिस्यमाथी खेलवाड गरिरहदा समेत नगरपालिका प्रमुख संजय काफ्ले मौन बस्नु अर्थपुर्ण रहेको नगरबासीले आरोप लगाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles