चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका बिधालयहरुका कक्षा ८ को परिक्षा दिने बिद्यार्थीको भविस्य माथी खेलवाड भएको छ । नगरस्तरीय परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षाफल प्रकाशित नहुदा बिद्यार्थीहरुमा अन्योलता छाउनुका साथै शिक्षा संयोजक दिपेन्द्र मण्डलको कार्यक्षमतामा समेत प्रश्न खडा भएको छ ।
चन्द्रपुर नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कक्षा ८को परिक्षा दिएका बिद्यार्थीहरु कक्षा ९ को पुस्तक किन्ने कि नकिन्ने द्विबिधामा रहेको अभिभावक बिमल उप्रेतीले बताए ।
बिद्यालय निरीक्षक मण्डलले आफ्नो काम कर्तब्य पूरा नगरि बिद्यार्थीको भबिस्यमाथी खेलवाड गरिरहदा समेत नगरपालिका मौन बस्नु अर्थपुर्ण रहेको उप्रेतीले बताए ।