रौतहट । रौतहटमा १ बर्षको समयमा सवारी दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४१ को मृत्यु भएको र नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा परेका छ्न ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक सुशील आचार्यका अनुसार नियम विपरीत चलाईएका सवारीसाधनको कारवाहीबाट १ करोड ५० लाखभन्दा बढी राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ ।
गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक आचार्यले जानकारी दिए ।
जिल्लाको बिभिन्न स्थानमा भएका ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको आचार्यले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ।
अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको थियो ।