नक्कली भुटानी सरणार्थी प्रकरण:पूर्वमन्त्री टोपबहादुर रायमाझी लगायत ७ जनालाई थुनामा राख्न आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।

न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।  केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको छ भने  गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश सर्बोच्चले सुनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles