अफ्ताब आलमलाई जन्मकैदको फैसला

रौतहट ।पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता मोहोमद अफ्ताब आलमलाई रौतहट जिल्ला अदालतले राजपुर बम काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । आलमसंगै उनका भाई महताव आलम, मुक्ति साह र बद्री सहनीलाई जन्म कैद र शेख सेराजलाई सफाई दिइएको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलाशले आलमलाई घट्नामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।
अदालतमा आलमको तर्फबाट कानुन व्यवसायी गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, आफताब आलम, अनन्त अधिकारीसहितका कानुन व्यवसायीले बहस गरेका थिए।
पीडितको तर्फबाट कानुन व्यावसायीहरु पुष्पराज पौडेल र विकास बस्नेत तथा जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए।
यसअघि जिल्ला अदालत गौरका तत्कालीन न्यायाधीश दीपक ढकालको इजलासले २९ कात्तिक ०७५ मा आलमलाई थुनामा पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles