१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।तर मुख्यमन्त्री सिंहले भने त्यो भन्दा बढी अर्थात ६७ प्रदेश सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको छ ।शनिबारकाे बैठकमा १०१ जना प्रदेश सांसद उपस्थित थिए ।
मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । जसपा, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, नेपाल संघिय समाजवादी पार्टीका प्रदेश सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।
मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमत पार्टीका १३ , लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका १-१ प्रदेश सांसद छन् । लोसपाको ९ प्रदेश सांसद भए पनि एक जना पणरदेश सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।