चट्याङ लागेर महिलाको मृत्यु

गौर । सोनरनियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मौलापुर नगरपालिका ८ सोनरनिया टोलकी ५५ बर्षिया धरोहरी देवी बैठा खेतमा धान रोप्दै गर्दा विहिवार दिउसो चट्याँग लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।
चटयाँग लागेर मृत्यु भएको महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विहिबार बिहान परेको चट्याङले बैठाको ज्यान गएको मौलापुर ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg