बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर दजनौ घाइते भएका छन । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।

नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो भने गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको शसस्त्र प्रहरीले जनाएको छ ।