मेयर काफ्लेद्वारा विपद् प्रतिकार्य सामग्री हस्तान्तरण

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाका श्री बीर दल चन्द्रनिगापुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुरका सुरक्षाकर्मीको टोलीलाई सो सामग्री हस्तान्तरण गरेका हुन । नगर प्रमुख काफ्लेले चन्द्रपुर नगरपालिकालाई विपदबाट आउने संकटबाट जोगाउन चन्द्रपुर नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउदै हस्तान्तरण गरेका सामग्रीहरु विपद्को बेला नागरिकहरूलाई उद्धार तथा राहतको लागि उपयुक्त ढङ्गले परिचालन गरिने विश्वास व्यक्त गरे । आफूले निर्वाचित भएर आएदेखि नै चन्द्रपुर नगरपालिकाका विपद् जोखिममा रहेका बस्ती तथा समुदायहरूको पहिचान गरी उनीहरुलाई विपदबाट जोगाउन विभिन्न ठोस कार्यक्रमहरु सञ्चालन गरेको उनले बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले चन्द्रपुर नगरपालिका आफ्ना नागरिकलाई विपदबाट हुनसक्ने जोखिमबाट जोगाउन योजनाबद्ध ढंगले प्रतिबद्ध भएर लागेको बताए । चन्द्रपुर नगरपालिकालाई विपद्को जोखिम बाट सुरक्षित गर्न आगामी दिनहरूमा अझ बढी कार्यक्रम तथा योजनाहरू ल्याउने उनको भनाई छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरी चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल शाह,विभिन्न सुरक्षा निकायका अधिकारीहरू लगायतको उपस्थितिमाझ ७ नम्बरका वडाध्यक्ष बिष्णु उप्रेतीले नगरमा विपदको अवस्थामा सबै एकजुट हुनु पर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles