पहिरोले २ यात्रुवाहक बस बगायो,अवस्था अज्ञात

चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डमा शुक्रवार विहान लेदो सहितको पहिरोले दुई वटा यात्रुबाहक बस बगाउदा त्रिशुलीमा वेपत्ता भएका छन् ।
उक्त दुबै यात्रुबाहक बसमा ६३ जना सबार रहेको अनुमान गरिएको छ ।
काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं तर्फ गईरहेका बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस पहिरोले बगाएपछि त्रिशुलीमा वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेको जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार काठमाडौबाट गौर आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।
उनले भने, “हामी घटनास्थलमा छौँ, पानी परिरहेकाले छ, उद्धारको काम थालिएको छ, पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले अहिले सम्म यकिन विवरण भने आई नसकेको बताए।
त्यस्तै,अर्को एक यात्रुबाहक बसमा पहिरोको ढुंगा लागेर चालकको ज्यान गएको बताइएको छ । थप विवरण आउन बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles