नुहाउने क्रममा बागमति खोलामा गएका एक बालक बेपत्ता,दुइको उद्दार

रौतहट ।  बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् ।  जिल्लाको  गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको  चर्को गर्मी छल्न नजिकैको  लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए ।  नुहाउने क्रममा बगाएर
१० वर्षीय  सफर कवाडी बेपत्ता भएका छ्न भने ८ वर्षीय  हसर कवाडीको सकुशल उद्धार भएको छ । अर्का  १३ वर्षीय सैदुला कवाडी पानीमा डुबेर उपचारको लागी गरुडा स्थित रोमा अस्पतालमा उपचार भइरहेको शसस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड्क्वार्टर रौतहटले जनाएको  छ  ।
बेपत्ताको  खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बागमती नदिमा परिचालन गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles