दिपु मिश्रा,रौतहट । रौतहटमा प्रहरीले एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुल्ने एक जनालाइ इलाका प्रहरी कार्यालयले आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी हु भन्दै रकम असुल्ने देखी तलासी गर्ने कार्य गर्दै आएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटीएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चोकबाट सो नक्कली प्रहरीलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर १ का २४ वर्षीय रमेश साह रहेको राईले जानकारी दिए । साहले बोकेको झोलाबाट सशस्त्र प्रहरीको तयारी अवस्थाको पोशाक समेत बरामद भएको छ । पक्राउ परेको साह माथि अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।