संचारकर्मी महतको उपचारका लागि सहयोगको अपिल

चन्द्रपुर । रौतहटका अग्रज संचारकर्मी फणी देव महत यतिबेला टाउकोमा भएको ट्युमरका कारण समस्यामा छ्न । सञ्चारकर्मी महत विगत दुई वर्षदेखि ट्युमरको समस्याबाट पीडित छन्। उनी प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष, अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, र चन्द्रनिगाहपुरमा रहेको रेडियो सुप्रीमका सञ्चालक समेत हुन्। तर,बिगत २ बर्ष देखि आफै बिरामी भएपछी घर परिवारलाई उनको उपचारका लागि आर्थिक संकट आइपरेको छ ।
काठमाण्डौ र दिल्लीमा गरिएको ब्रेन ट्युमरको उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको छ, तर महत पूर्णरूपमा स्वस्थ हुन सकेका छैनन्। चिकित्सकहरुको सिफारिस अनुसार, उनको थप उपचारका लागि तुरुन्तै भारतको दिल्ली जानुपर्ने आवश्यकता आइपरेको उनका निकटतम जनकराज भारती बताउछ्न ।

उपचारमा लागेको ठूलो आर्थिक भारका कारण महत अहिले आर्थिक संकटमा छन्। यस अवस्थामा, उनको उपचारका लागि तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक भएको हुँदा, उनले सहयोगको अपिल गरेका छन्।

सबै शुभचिन्तक तथा साथीहरूलाई क्यूआर कोडमार्फत आफूले सक्ने सहयोग गरिदिनुहुन तथा महतको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरिएको भारती बताउछ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles