सिमलताल दुर्घटना:मृतक चौधरीका छोरालाई न्यू झरनाले दियो छात्रबृत्ती

चन्द्रपुर । सिमलताल दुर्घटनामा परेर ज्यान गुमाएका चालकका छोरालाई छात्रवृत्ति प्रदान गरिएको छ । गत असार २८ गते चितवनको सिमलताल नजिकै लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा ज्यान गुमाएका गणपती डिलक्सका चालक किशोर चौधरीका छोरालाई चन्द्रपुर ८ स्थित न्यू  झरना सेकेन्डरी बोर्डिङ स्कुलले छात्रवृत्ति स्वरुप कक्षा ५ देखि कक्षा १० सम्म नि:शुल्क अध्यन गराउने जनाएको छ ।

मृतक चौधरीका छोरा  रोहन चौधरीलाई छात्रवृत्ति स्वरूप निःशुल्क पठनपाठन गराउने स्कुलका प्रधानाध्यापक ऋषिकेश चिमोरियाले जानकारी दिनुभयो ।
साथै स्कुल परिवारले मृतक चौधरीको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समबेदना समेत प्रकट गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles