गौर । नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषदको प्रथम रौतहट अधिबेशन सम्पन्न भएको छ । गौरमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । महमद जियाउल हक अध्यक्ष रहेको समितीमा उपाध्यक्षमा दिपेश पौडेल,सचिवमा सेख खेला छ्न भने कोषाध्यक्षमा राकेश गुप्ता छ्न । त्यस्तै सदस्यहरुमा बीमा देवी गुप्ता,गायत्री देवी,बोटेन्द्र महतो, विवेक सिंह,मनोज कुशवाहा,ओमप्रकाश सिंह र वैश आलम रहेको निर्वाचन समितीले जनाएको छ ।