चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित जनज्योती नमुना माध्यमिक बिद्यालयलेछात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले पालिकाकै नमुना बिद्यालयको रुपमा रहेको जनज्योती माध्यमिक बिद्यालयले शिक्षाको गुणस्तरीयता कायम राख्नु पर्ने धारणा व्यक्त गरे । बिद्यार्थीहरुको शिक्षाका अलावा अतिरिक्त क्रियाकलाप गराई नैतिक र क्षमताबान बनाउनु पर्नेमा मेयर काफ्लेले जोड दिए । सोही कार्यक्रममा नगरउपप्रमुख जयमाला चौधरीले आफुले यस बिद्यालयमा अध्यन गर्दा शिक्षाका अलावा ब्यबहारिक ज्ञान पाएको बताईन ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारीले आफु यस बिद्यालयमा अध्यन गर्दा भौतिक अबस्था जर्जर रहेको स्मरण गर्दै समयकोे गतिशिलता संगै बिद्यालयले शैक्षिक एबम भौतिक प्रगति गर्दै गरेको पाएको बताए ।
चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसीले बिद्याथीहरुको रुची चाहना अनुरुप बिद्यालय प्रशासन चल्ने हो भने बिद्याथीहरुको शैक्षिक ज्ञानमा बढोतरी हुने बताए ।