प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा,हासमी अध्यक्ष भएदेखी अस्पताल लथालिङ्ग

गौर । रौतहट सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको छ । अस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर अख्तियारको टोलिले लगेको छ । अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि अस्पतालका स्टोर किपर राम अश्रेय मुखियासँग केहीबेर सोधपुछ समेत गरेका थिए।
अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेको उजुरीपरेपछी अख्तियारले छापा मारेको थियो । सो अस्पतालमा टाइल्स र मार्बल बिछ्याउन,गाडि मर्मत , टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको आरोप छ।

स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी अस्पतालका अध्यक्ष हासमीले लाखौं रुपैयाँको भ्रष्टाचार गरेको स्वयंम अस्पतालका चिकित्सक डा.अमित चौधरीले आरोप लगाए । अनियमितताको बिरोध गर्द अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा.चाैधरीले बताए। स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन्। यश विषयमा अध्यक्ष हासमिसंग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन । अध्यक्ष हासमीकै कारण जिल्लाकै ठूलो प्रादेशिक अस्पताल सेवामुखी हुनुपर्नेमा विवादित बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles