कुलेखानी बाँध भरिन लागेकोले सतर्क रहन आग्रह

मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी ड्याम केही घन्टामा भरिने भन्दै प्रशासनले सतर्क रहन आग्रह गरेको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन मकवानपुर प्रशासनले शुचना मार्फत अपिल गरेको छ ।कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न प्रशासनले अनुरोध समेत गरेको छ । प्रशासनले सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles