रौतहट सदरमुकाम गौर डुबानमा

गौर । रौतहटको सदरमुकाम गौर नगरपालिका डुबानमा परेको छ । सनिबार राती बाढी पसेपछी गौर जलमग्न बन्दै डुबानमा परेको हो । गौरका मुख्य चोकमा २ फिट सम्म पानी रहेको स्थानिय दिपक श्रीवास्तबले बताए । जिल्ला अदालत, भन्सार कार्यालय,बिधुत प्राधिकरण सबै डुबानमा परेका छ्न भने जनजीवन पुर्णरुपले प्रभावित बनेको छ ।

त्यस्तै रौतहटमा बिहीवार देखि परेको अविरल बर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला सदरमुकाम गौर अहिले पनि डुबानमा छ । दुई ठुला नदिहरु लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका एक दर्जनभन्दा बढी गाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । उनका अनुसार बाढीका कारण हालसम्म १ हजार २ सय ४५ घर डुबानमा परेका छ्न भने बाढीको पानीले ४ वटा घर भत्किएको र जिल्लाका सात स्थानहरुमा बाटो अवरुद्ध भएको छ ।
बागमती नदीमा आएको बाढीले रौतहटको राजदेवी, गढिमाइ र माधवनारायण नगरपालिकामा गरिएको तटबन्ध कटान गरेको छ । बागमतीको पानीले तीन पालिकाका ५ स्थानमा बाधमा क्षति पुर्याएको छ ।
हाल सम्म बाढीले कुनै मानवीय क्षति नगरे पनि पशुचौपाया र भौतिक क्षति भएको उपरीक्षक घिमिरेले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाढिमा फसेका ४० भन्दा बढी व्यक्तिको उद्धार गरेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg