गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारी द्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको कृयाशिल पत्रकार दिलिप पाण्डेले जानकारी दिए । लामो समयदेखि नयाँ सदस्यता थप नगरेर शाखाका अध्यक्ष र कार्यसमितिले एकलौटी गरेको भन्दै तालाबन्दी गरिएको पाण्डेले बताए ।
यही २८ गते केन्द्रीय समितीले निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको तर,क्रियाशिल पत्रकार एकजना पनि सिफारिस नगरेका कारण आन्दोलनको बाटो रोज्नुपरेको पत्रकार सन्तोष काफ्लेले बताए । अनिश्चित तालावन्दीले पत्रकार महासंघको निर्वाचन प्रभावित हुने अवस्था जिल्ला र प्रदेश समितीले आफै सिर्जना गरेको कृयाशिल पत्रकारहरुको भनाई छ ।