मधेश प्रदेशकै ठूलो चार्जिङ स्टेसन चन्द्रपुरमा

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ ।
बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको हो । मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरशिप फण्ड’ र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा करिब साढे पाँच कठ्ठा सरकारी जमिनमा निर्माण भएको उक्त चार्जिङ सेन्टरबाट एक पटकमा ४ वटा चारपाङ्ग्रे गाडी, तीन पाङ्ग्रे ११ वटा गरेर १५ वटा चार्जिङ प्वाइन्ट रहेको उक्त चार्जिङ स्टेशन ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंका प्रबन्ध निर्देश्क देबराज अधिकारीले चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरे सङै विधिबत रुपमा सुरुवात भएको हो ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै पुर्व मन्त्री यादबले विधुतिय सवारीले कम खर्चमा यात्रा गर्न सकिने हुदा देशैभरी विधुतीय चार्जिङ स्टेसन थप्नुपर्ने धारणा राखे ।
चन्द्रपुर नगरपालिकामा मेयर सन्जय काफ्लेले मधेस प्रदेशको चन्द्रपुरमा सुबिधा सम्पन्न चार्जिङ स्टेसन बन्नु नगरको गौरबको कुरा भएको बताउदै सुबिधा सहित पालिकालाई आर्थिक आर्जन हुने बताए । दुई करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो चार्जिङ सेन्टेरमा यात्रुहरुकालागी पार्क सहित रिफ्रेसमेन्ट सेन्टर समेत निर्माण भएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles