गौर । रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद भएको अबैध घरेलु मदिरा नष्ट गर्नुका साथै भट्टी समेत तोडफोड गरेको छ । जिल्लाको गौर नगरपलिका ५ मा लुकाई छिपाई संचालन गरेको ३ वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु तथा सो भट्टीबाट बरामद तयारी मदिरा ७०० लिटर, कच्चा पदार्थ २८०० लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा ४ थान, डिक्ची ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिण्डर ४ थान, ग्यास चुल्हो ४ थान, प्लाष्टिक ग्यालिन १४० थान, प्लाष्टिक बाल्टीन १० थान समान समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
प्रहरीले कच्चापदार्थ र भट्टी नस्ट गरेपनी भट्टी संचालकहरु भने फरार रहेकाले खोजतलास भई रहेको सूचना अधिकारी प्रसादले बताए ।