बेवारिसे स्कार्पियो भन्सार बुझाईयो

गौर । रौतहट प्रहरीले नियन्त्रणमा लिएको भारतीय नम्वरको स्कारपियो जिपलाई हकदाबी पेश गर्न नआएपछि अन्ततः पाँच महिना पछि आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा बुझाएको छ । गत साउन २७ गते विशेष सूचनाको आधारमा दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीबाट बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको  इन्जीन नम्वर XMN4E 13306 र च्याचिस नम्वर MAITA2XM2N2E14574 भएको BR 01 PL 9387 नम्वरको सेतो रंगको महिन्द्रा कम्पनीको स्कारपियो जिपलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं इन्सपेक्टर उमाशंकर गुप्ताले बताए । करिव पाँच महिना सम्म आवश्यक अनुसन्धान गर्दै जाँदा भन्सार छली चोरी पैठारी गरेर नेपाल भित्रयाइएको र सवारी धनी हकदाबी पेश गर्न नआएपछि आवश्यक कारवाहीको लागि गौर भन्सारलाई बुझाएको निमित्त सूचना अधिकारी एवं इन्सपेक्टर गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles