चपुरमा एक आपसमा ठोक्कियो ट्रक र स्कारपियो,५ जना घाईते

चन्द्रपुर । पुर्व-पश्चिम राजमार्गको रौतहट सिमास्थित चादी पुलमा आज बिहान स्कार्पियो र ट्रक एकआपसमा जुद्दा दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जादै गरेको ना. ४ च. ३६९४ नम्बरको यात्रुबाहक स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख ५७२९ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा स्कारपिओमा सवार ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए ।
घाइतेहरु रौतहटको मौलापुर ३ का २० बर्षका सुदिप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ भने दुर्गा भगवती गाउपलिका ५ का १८ बर्षिय प्रसान्त ठाकुरको बाया हात,दाहिने आखी भौ मा चोट लागेको छ । त्यस्तै स्कारपिओ चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका २१ बर्षिय रामबिनय महतोको दाहिने हात र निधारमा चोट लागेको छ । बौधीमाई २ बस्ने १८ बर्षिय प्रदिप कुश्वाहाको निधार, टाउको र कानमा चोट लागेको छ । उनिहरु ४ जनाकै अवस्था मध्यम रहेको भएपनी बारा सिम्रौणगढ ७ बस्ने २८ बर्षिय संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट लागेकोले उनको अवस्था गम्भिर रहेको र घाइते सबैको उपचार चन्द्रपुर हस्पिटल भईरहेको निरीक्षक अधिकारीले जानकारी दिए ।
ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने बर्ष २८ का फुरी तामाङ र स्कारपिओ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles