हाईवे ट्रमा हस्पिटले मनायो पहिलो वार्षिकोत्सब

चन्द्रपुर: रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब धुमधाम संग सम्पन्न गरेको छ ।
मंगलवार एक कार्याक्रमको आयोजना गरि हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको अवशरमा सो हस्पिटलले आफ्नो विशेषज्ञ डाक्टरहरुद्वारा हस्पिटलका बिरामीहरूलाई बिशेष छुट समेत दिएका थिए ।
हस्पिटलले आफ्नो करिव ७० जना बिरामीलाई निशुल्क ओपिडि सेवा प्रदान गरेका थिए भने ३० जना बिरामीहरुलाई ल्याव र एक्सरे सेवामा ४० प्रतिशत छुट गरेको सो हस्पिटलका प्रवन्धक डाक्टर नवीन कुमार सिहले जानकारी दिएका छन् । हस्पिटलले एक वर्षको अवधिमा हाड जोर्नी तथा नसा सम्बन्धिको २२७ बिरामीको सफल अपरेसन गरेको डाक्टर सिंहले बताएका छन् ।

उनले सर्जरीमा १२० बिरामीको सल्यक्रिया भएको त्यस्तै ३० जना बिरामी बढि अपरेसन द्वारा बच्चा जन्माईएको जन सरोकार दैनिकलाई बताएका छन् । हस्पिटलले अत्याधुनिक मेशिन उपकरण र वरिष्ठ डाक्टहरुद्वारा सेवा प्रदान गर्दै आएको तथा बिस्तारै अझै सेवा सुविधा थप गर्दे जाने हस्पिटल टिमले बताएको छ ।
गोल्डेन व्याङ्केटमा सम्पन्न भएको वार्षिकोत्सब कार्याक्रममा चन्द्रनिगाहपुका हस्पिटल संचालकहरु,पत्रकारहरु तथा प्रशासन प्रमुखहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles