
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकामा संचालित दश वटा अबैध अस्पताल बन्द गर्न मदेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् । अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनाधिकृत रुपमा सञ्चालनमा रहेका दश वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

शनिबार अनुगमन गर्नेक्रममा दर्ता र मापदण्डबिना संचालित चन्द्रपुर नगरपालिकाका ११ वटा अस्पताल मध्ये १० वटालाई बन्द गर्न निर्दैशन दिएका हुन ।
चन्द्रपुर नगरपालिकामा संचालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दातउपचार केन्द्रलाई मापदण्ड पुरा गरी दर्ता गरेर मात्र संचालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए ।

दर्ता नहुन्जेल सम्मका लागि भर्ना भएका बिरामीलाई अन्यन्त्र भर्ना गरेर पैसा तिराउने काम बन्द गर्न निर्देशन दिंदै मुख्यमन्त्री सिंहले लिखितपत्र समेत दिएका छन् ।
११ वटाअस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालिमात्र मापदण्ड र दर्ता गरी संचालनमा रहेको,बांकी सबै अबैधानिक रुमपा संचालित रहनु दुर्भाग्यपुर्ण रहेको बताउंदै कानुनी बाटो प्रदेश सरकारले अबलब्बन गर्नै बताए ।

दर्ता अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गर्न र निकटमा मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लई मात्र अस्पताल सञ्चालन गर्न उनले निर्देशन दिए ।
मुख्यमन्त्री सिहले अनुमति बेड संख्याको आधारमा १० प्रतिशत ईमरजेन्सि बेड र १० प्रतिशत गरिब,दलित, र लक्षित बर्गलाई उपचारमा छुट दिनु पर्ने कानुनी ब्यबस्था अनुरुप दिईएको छुट लागु हुनैपर्ने बताए ।