एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरियो मधेस सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारले एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको बताए। आउदो बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको हो।
प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाई लगायत शैक्षिक संस्थाहरूले नमानेपछि अनुगमन,निरीक्षण नगर्ने बताउँदै सरकार परिक्षाको सम्पुर्ण प्रक्रियाबाट बाहिरिन बाध्य भएको पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles